|
काठमाडौं, १८ चैत– नेपाल टुक्र्याउने अभिव्यक्ति दिँदै आएका सिके राउतलाई ‘इन्काउण्टर’ गर्नुपर्ने अभिव्यक्ति दिएपछि उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेश चर्चा र विवादमा आएका छन् ।
पुनको अभिव्यक्तिलाई लिएर कसैले सकारात्मक र कसैले नकारात्मक धारणा व्यक्त गरेका छन् । बिहीबार राति एउटा टेलिभिजनमा सिकेको अन्तर्वार्ता हेरेपछि दिपेशले उनलाई इन्कारण्टर गर्नुपर्ने र टेलिभिजनको प्रसारण बन्द गर्नुपर्ने भन्दै फेसबुक स्टाटस पोष्ट गरेका थिए ।
उनले आफू प्रधानमन्त्री वा गृहमन्त्री भएको भए राउतलाई इन्काण्टर गर्न आदेश दिने उल्लेख गरेका थिए । ‘सिके राउतले हाकाहाकी देश टुक्र्याएर अर्को देश बनाउछौं भन्दा पनि हामी देश सम्झेर चुपचाप सुनिरहनुपर्ने यो कस्तो लोकतन्त्र ? यो कस्तो अभिव्यक्ति स्वतन्त्रता ? म प्रधानमन्त्री र गृहमन्त्री वा सुरक्षा प्रमुख हुन्थें भने साला यो देशद्रोहीलाई सिधै इन्काउन्टरको आदेश दिने थिएँ ।’

दिपशले अन्तर्वार्ता हेर्दाहेर्दै रिसले चुर भएको बताए । ‘अन्तर्वार्ता हेर्दै जाँदा रिसले आँखै देखिन’, पुनले भने, ‘एउटा स्वाभिमानी नेपालीले हाकाहाकी देश टुक्र्याउँछु भन्नेको कसरी सुन्न सक्छ ?’
देश विदेशबाट बधाई
पुनले आफूले फेसबुकमा स्टाटस पोष्ट गरेपछि देश विदेशबाट टेलिफोन र एसएमएसमार्फत बधाई र धन्यवाद आइरहेको बताए । ‘देश विदेशबाट धेरैजनाले फोन र एसएमएसमा नेपालको राष्ट्रियता खतरामा परेका बेला तपाईंजस्ता युवाको राष्ट्रप्रेमी भावनाले देश बलियो हुन्छ भन्नुभएको छ’, पुनले भने, ‘आमालाई बलात्कार गर्न पाउँ भनेर जुलुस गर्नेलाई हाम्रो समाज र कानूनले छुटकारा दिन सक्दैन ।’ आफूलाई त्यसरी धन्यवाद दिनेमा सेना र प्रहरीका अधिकृत, उच्च सरकारी कर्मचारी र कामका लागि विदेश गएका नेपाली भएको बताए । यद्यपि नाम कसैले लिन चाहेनन् ।
देश नै रहेन भने म कसरी उपराष्ट्रपति पुत्र ?
पुनले कसैकसैले भने आफूलाई उपराष्ट्रपति निवासमा बसेर त्यस्ता अभिव्यक्ति नदिन सुझाव आएको बताए । तर, त्यसो भन्नेलाई आफूले पहिला नागरिक र त्यसपछि मात्र उपराष्ट्रपतिको छोरा भएकाले आफूले राष्ट्रियता र अखण्डताबारे बोल्न पाउनुपर्ने जवाफ दिएको उल्लेख गरे ।
उनले जसले जस्तो दबाब दिए पनि आफू आफ्नो विचारबाट पछि नहट्ने पनि प्रष्ट्याए । ‘म उपराष्ट्रपति पुत्र मात्र होइन, यो देशको नागरिक पनि हुँ’, पुनले भने, ‘म फेरि भन्छु देश टुक्र्याउने धम्की दिने राउतजस्तालाई गोलीले उडाइदिनुपर्छ ।’
‘नेपाल देश रहेदेखि मात्र मेरो बुबा उपराष्ट्रपति र म उपराष्ट्रपतिको छोरा हुने हो’, पुनले भने, ‘जब नेपाल नै रहँदैन भने के को उपराष्ट्रपति, के को उपराष्ट्रपतिका छोरा ?’
- See more at: http://dcnepal.com/news/news.php?nid=201971#sthash.bJTWAeVz.dpufपुनले आफूले फेसबुकमा स्टाटस पोष्ट गरेपछि देश विदेशबाट टेलिफोन र एसएमएसमार्फत बधाई र धन्यवाद आइरहेको बताए । ‘देश विदेशबाट धेरैजनाले फोन र एसएमएसमा नेपालको राष्ट्रियता खतरामा परेका बेला तपाईंजस्ता युवाको राष्ट्रप्रेमी भावनाले देश बलियो हुन्छ भन्नुभएको छ’, पुनले भने, ‘आमालाई बलात्कार गर्न पाउँ भनेर जुलुस गर्नेलाई हाम्रो समाज र कानूनले छुटकारा दिन सक्दैन ।’ आफूलाई त्यसरी धन्यवाद दिनेमा सेना र प्रहरीका अधिकृत, उच्च सरकारी कर्मचारी र कामका लागि विदेश गएका नेपाली भएको बताए । यद्यपि नाम कसैले लिन चाहेनन् ।
देश नै रहेन भने म कसरी उपराष्ट्रपति पुत्र ?
पुनले कसैकसैले भने आफूलाई उपराष्ट्रपति निवासमा बसेर त्यस्ता अभिव्यक्ति नदिन सुझाव आएको बताए । तर, त्यसो भन्नेलाई आफूले पहिला नागरिक र त्यसपछि मात्र उपराष्ट्रपतिको छोरा भएकाले आफूले राष्ट्रियता र अखण्डताबारे बोल्न पाउनुपर्ने जवाफ दिएको उल्लेख गरे ।
उनले जसले जस्तो दबाब दिए पनि आफू आफ्नो विचारबाट पछि नहट्ने पनि प्रष्ट्याए । ‘म उपराष्ट्रपति पुत्र मात्र होइन, यो देशको नागरिक पनि हुँ’, पुनले भने, ‘म फेरि भन्छु देश टुक्र्याउने धम्की दिने राउतजस्तालाई गोलीले उडाइदिनुपर्छ ।’
‘नेपाल देश रहेदेखि मात्र मेरो बुबा उपराष्ट्रपति र म उपराष्ट्रपतिको छोरा हुने हो’, पुनले भने, ‘जब नेपाल नै रहँदैन भने के को उपराष्ट्रपति, के को उपराष्ट्रपतिका छोरा ?’
|
0 comments:
Post a Comment