padam kannya campus ki sobiu sabhapati ko mirtu

मिडिया एनपी, काठमाडौं, १५ चैत । नेवी संघकी नेतृ तथा पद्यमकन्या क्यामपसकी स्वभियू सभापति लालकुमारी पोखरेल स्वस्तिकाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
बाराबाट काठमाडौँ आउने क्रममा यात्रुवाहक बस र पोखरेल सवार कार एकआपसमा ठोक्किँदा कारमा सवार दुईजनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उदयपुरको कटारी–२ की ३७ वर्षीया स्वस्तिकासँगै काभ्रे महादेवस्थानका ४२ वर्षीय धु्रब कार्कीको र्मत्यु भएको हो ।
सोमबार पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बाराको अमलेखगन्जमा नेपालगञ्जबाट काँकडभिट्टा जाँदै गरेको गरेको ना ४ ख ५६९६ नम्बरको बस र कटारीबाट काठमाडौं जाँदै गरेको बा ३ च ८०६७ नम्बरको कार एकआपसमा ठोक्किदा उदयपुरको कटारी –२ का ३५ वर्षीय गोविन्दबहादुर बुढाथोकी र सोही ठाउँका ३२ वर्षीय प्रदीप पोख्रेल गम्भीर घाइते भएका छन् । प्रहरीले बस र कार चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
SHARE

About Admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment