|
मिडिया एनपी, काठमाडौं । हामी धेरैको बानी बिहान उठ्ना साथ चिया पिउने हुन्छ । अझ कसैसँगको भेटघाटमा त चिया पिउनु फेसन जस्तै लाग्छ नेपालमा । झण्डै ९० प्रतिशत नेपाली विहान उठ्नासाथ चिया पिउछन् । सहरमा त धेरै ओछ्यानमा चिया पिउछन् अनि सिरकबाट बाहिर निस्कन छन् । तर, खाली पेटमा चिया पिउने बानी स्वास्थ्यका दृष्टिले निक्कै नै हानीकारक हुन्छ । चियामा केही मात्रामा कफि हुन्छ र साथै यसमा एल–थायनिन, थियोफाइलिन पनि हुन्छ जसले उत्तेजितको काम गर्छ ।
विहान केहि नास्ता अथवा पानी खाएर चिया पिउनु चाहीँ फेरि ठिकै हुन्छ । तर, तपाईमा चियाको लत छ, एकदमै चिया पिउनुहुन्छ भने सावधानी अपनाउनुस् । यसबाट पेटको आन्द्रामा हानी पुग्छ ।केही मानिसलाई ब्ल्याक टी पिउन मनपर्छ । उनीहरुलाई चियामा दुध मिलाएर पिउनु राम्रो लाग्दैन् । तर, उनीहरुलाई शायद थाहा नहनुसक्छ कि स्वास्थ्यका लागि यो खतरनाक साबित हुनसक्छ । यसका साथै चियामा राखिने चिनीले तपाईलाई मोटो बनाउन सक्छ ।
विहान उठेर खाली पेट चिया पिउदा हुने हानीहरुः
१) विहान उठेर खाली पेट चिया पिउदा बाइल जूसको प्रक्रिया अनियमित हुन्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ ।
२) सामान्यतया ब्ल्याक टिलाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् ।
३) अधिकांश मानिस दूध चिया पिउने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन (रिसाउने) स्वाभाव आउँछ ।
४) यदि तपाईलाई पनि स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ ।
५) कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् । र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तपाएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।
- See more at: http://medianp.com/2016/03/82079.html#sthash.HwZdvMR8.dpuf१) विहान उठेर खाली पेट चिया पिउदा बाइल जूसको प्रक्रिया अनियमित हुन्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ ।
२) सामान्यतया ब्ल्याक टिलाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् ।
३) अधिकांश मानिस दूध चिया पिउने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन (रिसाउने) स्वाभाव आउँछ ।
४) यदि तपाईलाई पनि स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ ।
५) कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् । र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तपाएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।
|
0 comments:
Post a Comment